+
+

केन्द्रीय समिति विस्तार भएको ३ महिनापछि तरुण दलको शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १७:०३

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका केन्द्रीय सदस्यले मनोनित भएको तीन महिनापछि शपथ लिएका छन् ।

असार १३ गते केन्द्रीय समितिलाई विस्तार गरिएको थियो । विस्तारित केन्द्रीय समितिका सदस्यले आइतबार शपथ लिएका हुन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शपथ कार्यक्रममा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन् ।

सभापति देउवा स्वास्थ्य समस्याका कारणले उपस्थित हुन नसकेको बताइएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनोनित सदस्यलाई शपथ गराएका हुन् ।

सभापति शेरबहादुर देउवाले असारमा ४०१ को तरुण दलको केन्द्रीय समिति बनाएका थिए । २०७८ चैत ९ मा गुरुङ अध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?