+
+

संस्थागत लगानीकर्ताबीचमै क्रसहोल्डिङ हुँदा बुक बिल्डिङ प्रभावकारी भएन : अध्यक्ष हमाल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १९:१८
फाइल तस्वीर

२१ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले संस्थागत लगानीकर्ताबीचकै क्रसहोल्डिङका कारण बुक बिल्डङ प्रक्रियामार्फत सेयर निष्कासनमा अप्ठ्यारो परेको बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संस्थागत लगानीकर्ताहरूले कुनै धितोपत्रको सेयर कतिमा किन्न तयार हुन्छन्, त्यसैका आधारमा बुकबिल्डङ प्रक्रियामार्फत मूल्य निर्धारण हुन्छ । ‘तर बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताभित्रको क्रसहोल्डिङ सबैभन्दा ठूलो चुनौतीका रुपमा देखियो,’ उनले बताए । त्यसले गर्दा यो लागू गर्न समस्या भएको हमालको तर्क छ ।

उनले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ आफ्नो प्राथमिकतामा रहेको पनि बताए । बुक बिल्डिङका सन्दर्भमा उनले नेप्सेलगायत सबै सरोकारवालासँग बसेर छलफल गरेको र अहिले दुईवटा कम्पनीको आईपीओ यस विधिमार्फत ल्याउने गरी  काम सुरु भएको उनले बताए ।

नेपाली लगानीकर्तामा वित्तीय साक्षरता धेरै कम भएको पनि अध्यक्ष हमालले बताएका छन् । ‘सबैले आईपीओ भर्नु पर्दैन । सबैले दोस्रो बजारमा सेयर कारोबार गर्नु पर्दैन । बजार विश्लेषण गरेर दोस्रो बजारमा काराेबार गर्ने हाे । यो कुरा आम लगानीकर्तालाई बुझाउन जरूरी छ,’ उनले भने ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्ति र संस्थामा फरक रहेको उनले बताए । ‘मार्जिन ट्रेडिङ सम्बन्धी कार्यविधि बनाइरहेका छौं । त्यो कार्यान्वयन भएपछि बजारमा देखिएको तरलता समस्या समाधान हुन्छ,’ उनले भने ।

गैरआवसीय नेपालीलाई सेयर बजारमा लगानी खुलाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण  ऐनमा संशोधन आवश्यक रहेको उनले बताए । लगानी परामर्श, प्रशिक्षणलगायत कार्यक्रमका लागि तिहारलगत्तै सर्टिफिकेसन कार्यक्रम सुरू हुने उनले बताए ।

उनले जलविद्युत् क्षेत्रको समस्या समाधान गर्न ३ वर्षको लकइन अवधिलाई उत्पादन सुरू नगर्दासम्म नखुल्ने बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?