
२२ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।
महासचिव गुटेरेस तीन दिन नेपाल भ्रमणका क्रममा २६ असोजमा काठमाडौं आइपुग्ने छन् ।
त्यसको भोलिपल्ट असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4