+

लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल

२०८० असोज  २५ गते १८:४६ २०८० असोज २५ गते १८:४६
लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल

२५ असोज, काठमाडौं । विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

तर ४९ ‌औं मिनेटमा अन्जन विष्टले बराबरी गोल फर्काए ।  एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

नेपाल भर्सेस लाओस विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय