+
+

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १३:३०

२६ असोज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए ।

५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले ४७, प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका छन् । दीपक कुमार तिव्डेवालले ३८ मत पाएर निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा प्रतिस्पर्धा गरेका ईश्वरकुमार भण्डारी र सजलराज रेग्मी भने पराजित भएका छन् ।

संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट अन्य पदाधिकारी चयन गरिनेछ ।

गैरीधारास्थित एलिस रिसेप्सनमा विहान देखि सुरु एपोनको २९ औँ वार्षिक साधारण सभाको बन्द सन्त्र सकिएपछि नयाँ कार्यसमिति छनौटको काम सुरु भएको थियो । यो निर्वाचनबाट आगामी दुई बर्षका लागि एपोनको नयाँ नेतृत्व चयन गर्दैछ ।

यसअघि २९ साउन २०७८ मा सम्पन्न एपोनको २७ औँ बार्षिक साधारणले प्रज्वलजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसबेलाको कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?