+
+

होमस्टे महासंघको अध्यक्षमा प्रेमशंकर मर्दनिया निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १४:२१

२८ असोज, चितवन । देशभरका होमस्टेहरुको छाता संगठन होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रेमशंकर मर्दिनिया सर्वसम्मत चयन भएका हुन् ।

असोज २७ देखि २७ सम्म चितवनको माडीमा चलेको सम्मेलनले आगामी ४ बर्षका लागि मर्दनियालाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । उनी नवलपरासीमा रहेको अमलटारी होमस्टेका अध्यक्षसमेत हुन् ।

५१ सदस्यीय केन्द्रीय समितिमा ६ जना उपाध्यक्ष, १ महासचिव चयन गरिएको छ । उपाध्यक्षहरुमा बाबुराजा महर्जन, धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरूङ,रचना बाठा, लक्ष्मीनारायण चौधरी, महासचिवमा कृष्णलाल चौधरी चयन भए ।

‘ग्रामिण पर्यटन एवम् संस्कृति हाम्रो पहिचान, जैविक विविधता संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ माडीमा भएको सम्मेलनमा देशभरबाट ३८५ जना प्रतिनिधी सहभागी भएका थिए । माडीमा रहेका ६ वटा सामुदायिक होमस्टेहरूमा प्रतिनिधीहरुको व्यवस्थापन गरिएको थियो ।

नेपालको ६८ जिल्लाका १५ सय गाउँमा रहेका निजी र सामुदायिक होमस्टेहरु महासंघमा आवद्ध छन् । १५ सय गाउँमा ७ हजार घरमा होमस्टेहरु छन् । ती होमस्टेमा एक रातमा २८ हजार बस्न सक्ने क्षमता छ ।

गाउँ पर्यटयनको मुख्य आधारको रुपमा स्थापित होमस्टेलाई थप प्रभावकारी बनाउँदै समुदायको आर्थिक समृद्धि गर्ने, युवाहरु विदेशिनबाट रोक्ने, गाउँको उत्पादन गाउँमै खपत गर्न सक्ने गरी कार्ययोजना बनाएर सम्मेलनमा छलफल गरिएको महासंघका अध्यक्ष मर्दनियाले जानकारी दिए ।

सम्मेलनमा मौलिक कला संस्कृति, खानपान, ज्ञान शिप, प्रविधि प्रदर्शनी, मिश्रित पराम्परामा आधारित साँस्कृतिक कार्यक्रम र देशैभरीका होमस्टे गाउँको पर्यटकीय प्रोडक्सहरुका बारेमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?