
३० असोज, गोरखा । उत्तरी गोरखाको मनासलु क्षेत्रमा बिरामी परेका तीन जना पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
मंगलबार एयर डाइनेस्टीको हेलिकप्टर मार्फत उनीहरुलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
सिरानचोक गाउँपालिका-३ हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको उनले जानकारी दिए ।
मनासलु क्षेत्रको पदयात्रामा रहेका उनीहरु चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए ।
‘हिजो रातिदेखि बिरामी भएको भन्ने खवर आएको थियो’, प्रजिअ भुसालले भने, ‘आज उद्धार भयो ।’ हिमपातका कारण हेलिकप्टर उडानमा समस्या भएकाले उद्धारमा केही ढिलाइ भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4