 
																			१ कात्तिक, विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।
‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत गर्यौं’ थापाले भने ।
कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले बुधबार विश्वासको मत लिँदैछन् ।
उनले अब मुख्यमन्त्री कार्कीलाई सम्मानका साथ विश्वासको मत दिने पनि बताए । यसरी पार्टीभित्रै फरक मत राख्नेहरुसँग मिल्न एमालेबाट सिकेको थापाले बताए । एमालेभित्र द्वन्द्व, झगडा भए पनि आवश्यक पर्दा मिल्ने प्रवृत्ति देखिएको भन्दै अहिले कांग्रेसले पनि एमालेबाट पाठ सिकेको बताएका हुुन् ।
नेता थापाले मुख्यमन्त्रीलाई समर्थन गर्ने एमालेलाई आफ्नो समर्थन कायम राखिराख्न आग्रह गरे । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रबाट जे निर्देशन भए पनि प्रदेशमा आपसमा मिलेर जाने प्रतिवद्धता गरेको भन्दै उनले भने, ‘त्यो लागू होस् शुभकामना दिन चाहन्छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4