+

कुशल भुर्तेल भन्छन्- राम्रो नतिजा आयो, खुसी छौं

२०८० कात्तिक  १३ गते १३:५५ २०८० कात्तिक १३ गते १३:५५
कुशल भुर्तेल भन्छन्- राम्रो नतिजा आयो, खुसी छौं

१३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा सिंगापुरमाथि सानदार जित हात पारेपछि ओपनर कुशल भुर्तेलले पहिलो खेलमै राम्रो नतिजा आएकाले खुसी लागेको बताएका छन् ।

नेपाललाई ८ विकेटको जित दिलाउने क्रममा उनले ७४ रन बनाएका थिए । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का हाने ।

कीर्तिपुरमा खेलपछिको पत्रकार सम्मेलनमा उनी टिममा पाएको रोल पूरा गरेको भन्दै खुसी देखिए ।

‘यसअघिको त्रिकोणात्मक शृंखलामा मुलपानीमा रन लागिरहेको थिएन, फाइनलमा मात्रै अलिकति रन लाग्यो,’ उनले भने, ‘अहिले अब रन लागिरहेको छ, खुसी छु ।’

कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ८४ रनको साझेदारी गरेका थिए । यो नेपाली ओपनर जोडीले २ वर्षपछि गरेको उच्च साझेदारी हो ।

‘आसिफ र म २/३ वर्षदेखि सँगै खेलिरहेका छौं’, कुशलले भने, ‘उसले कसरी खेल्छ मैले कसरी खेल्छु एकअर्कालाई राम्रोसँग थाहा छ । खेल्दा पनि हामी कुरा गरेर खेलिरहेका हुन्छौं ।’

रन बनाउन नसक्दा ब्याटरको रुपमा नराम्रो लाग्ने गरेको सुनाउँदै उनले टिममा कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देशाईले सपोर्ट गरिरहेको बताए । नेपाललाई जितका लागि ५ रन चाहिएको बेलामा छक्का हान्ने प्रयास गरेका उनी बाउन्ड्री लाइन नजिकै क्याच भएका थिए ।

नेपालको समूहमा सिंगापुरसँगै मलेसिया र ओमान छन् । उनले सबै खेल फाइनल जसरी नै खेल्ने बताए ।  सिंगापुरले दिएको १४६ रनको लक्ष्य २ विकेट गुमाएर १६.३ ओभरमा भेट्टाएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

कुशल भुर्तेल टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय