+

लुइस रुबियल्समाथि फिफाको तीन वर्ष प्रतिबन्ध

२०८० कात्तिक  १३ गते १८:३२ २०८० कात्तिक १३ गते १८:३२
लुइस रुबियल्समाथि फिफाको तीन वर्ष प्रतिबन्ध

१३ कात्तिक, काठमाडौं । स्पानिस फुटबल संघका पूर्वअध्यक्ष लुइस रुबियल्समाथि फुटबलसम्बन्धी गतिविधिमा सहभागी हुन तीन वर्षको प्रतिबन्ध लागेको छ ।

इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले महिला विश्वकपको उपाधि जितेको खुसी मनाउने क्रममा फवार्ड जेनीफर हेर्मोसलाई चुम्बन गरेपछि रुबियल्स विवादमा परेका थिए । तर उनले सुरुमा राजीनामा दिन अस्वीकार गरेका थिए ।

अहिले फिफाले नै तीन वर्षसम्म फुटबलसम्बन्धी सम्पूर्ण गतिविधिमा संलग्न प्रतिबन्ध लगाएको छ । सोमबार फिफाले अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उनीमाथि तीन वर्षे प्रतिबन्धको निर्णय लिएको हो ।

फिफा फुटबल लुइस रुबियल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय