+
+

इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:१२

२२ कात्तिक, काठमाडौं । इन्भेष्टमेन्ट कम्पनी इमर्जीङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

२१ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?