२२ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा छैटौं संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा आगामी मंसिर २२ गतेदेखि धनगढी रंगशालामा प्रतियोगिता आयोजना हुने भएको हो ।
बुधबार आयोजक फारवेष्ट पशुपति युवा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । छैटौं संस्करणको प्रतियोगिता मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत उत्कृष्ट हुने खेलाडीलाई २५ हजार र विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।
सबै धनराशी जोडेर ८ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने क्लबले जनाएको छ । प्रतियोगितामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4