+
+

४ महिनामा सवा एक अर्बको सिमेन्ट र क्लिंकर निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १९:४३

७ मंसिर, काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात बढेको हो ।

यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागअनुसार यस अविधिमा भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने एक करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?