
काठमाडौं । काठमाडौं जेसिजको ५३ औं साधारण सभाले एन्जिला खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । युवा उद्यमी समेत रहेकी खड्का काठमाडौं जेसिजको ५३ वर्ष पुरानो इतिहासमा दोस्रो महिला अध्यक्षका रूपमा चुनिएकी हुन् ।
साधारणसभाले महासचिवमा श्याम कुमार घिमिरे, कोषाध्यक्षमा करुणा थापा, जनरल लिगल काउन्सिलरमा प्रविनकुमार राईलाई चयन गरेको छ ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा नारायण आचार्य, रजेन काजी श्रेष्ठ, प्रकाश श्रेष्ठ तथा उपाध्यक्षहरुमा बसन्त ब्लोवन, नारा आदित्य राई, निरज कार्की र कविराज फुयाँल मनोनित भएका छन् ।
साधारणसभा शनिबार थियो । नयाँ कार्यसमिति भने आइतबार चयन भएको हो ।
साधारण सभाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा पलायन रोक्न युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, निवर्तमान अध्यक्ष रफी भण्डारी लगायतले शुभकामना दिएका थिए ।
प्रतिक्रिया 4