+

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट १० खेलाडी

२०८० मंसिर  २६ गते ६:३५ २०८० मंसिर २६ गते ६:३५
पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट १० खेलाडी

२६ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका १० खेलाडी समावेश भएका छन् ।

पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका छन् ।

जसमा सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी छन् ।

त्यसमध्ये सन्दीप प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा छन् । यस्तै बाँकी ८ खेलाडी सिल्भर क्याटेगोरीमा छन् ।

आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने बुधबार डिसेम्बर १३ मा हुँदैछ । पीएसएल २०२४ फेब्रुअरी १३ देखि मार्च १८ सम्म हुनेछ ।

प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडी कुनै टिममा अनुबन्ध भएमा १ लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै गोल्ड क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले ३७ हजार ४३५ डलर तथा सिल्भर क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन् ।

प्लाटिनम क्याटेगोरी : सन्दीप लामिछाने

गोल्ड क्याटेगोरी : गुल्सन झा

सिल्भर क्याटेगोरी : आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी

पाकिस्तान सुपर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय