
२८ मंसिर, काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित र्याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । उनले धन्यवाद दिंदै जमिनमा ढोगे ।
१० जेठ २०७७ मा प्रेमिकालाई लिन साथी सहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराज सहित ६ जनाको हत्या भएको थियो ।
जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4