+
+

कैलासको हेलिकप्टर दुई सातादेखि स्याङबोचेमा ग्राउण्डेड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १३:५१

९ पुस, काठमाडौं । कैलास हेलिकप्टर सर्भिसको एक हेलिकप्टर दुई सातादेखि सोलुखुम्बु जिल्लाको स्याङबोचेमा ग्राउण्डेड भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला कार्यालयका प्रमुख उमेशकुमार पन्थीका अनुसार सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङबोचे विमानस्थलमा ग्राउण्डेड भएको छ ।

उनका अनुसार इन्जिनमा खराबी आएको र त्यसको पार्टपूर्जा नपाएका कारण सो स्थानमा हेलिकप्टर रोकेर राख्नु परेको जवाफ कम्पनीले दिएको छ । अहिले सगरमाथा क्षेत्रमा पर्यटक सिजन छैन ।

सोहीकारण तुलनात्मक रुपमा यो समयमा यहाँ चहलपहल कम हुने गर्छ । स्याङबोचे विमानस्थलमा अहिले हेलिकप्टरहरुको मात्र उडान हुने गर्छ । खासगरी नाम्चे बजारलाई आवश्यक सामानहरु लैजान यो विमानस्थलको प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?