
१२ पुस, धनगढी । दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।
बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार विजयको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडालगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4