+
+

डेडिकेटेड फिडरको विवाद छिटो समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:५९

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवाद छिटै समाधान गर्ने आश्वासन दिएका छन् ।

नेपाल उद्योग परिसंघको नेतृत्वमा भेट्न आएका उद्योगीहरुसँग प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

‘यो समस्या समाधानका लागि विगतमा पनि धेरै प्रयास भएको थियो । तर, सफल भइएन । अब उद्योग नै बन्द भइसकेपछि विषय तातेको छ, त्यसलाई छिटो समाधान गर्न पनि दबाब पुगेको छ’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै मुरारकाले भने, ‘यसको छिटै समाधान गर्छु ।’

विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण गर्नुअघि र २०७५ को सुरुमै लोडसेडिङ अन्त्य भइसकेपछिको विद्युत् महसुल लिन नमिल्नुपर्ने आफूलाई पनि लागेको प्रधानमन्त्री प्रचण्डले बताएको उनले बताए । ‘त्यसबीचको अवधिमा उद्योगहरुले प्रयोगका आधारमा तिर्नुपर्छ भनेर उहाँले नै भन्नुभयो,’ मुरारकाले भने ।

यो विवादको समाधानका लागि मन्त्रिपरिषद्को तहबाट हुन्छ कि प्रधानमन्त्रीकै तहबाट आवश्यक निर्णय गरिदिन उद्योगीहरुले आग्रह गरेका थिए ।

‘छानबिन समिति नै बनाउने भए पनि जाँचबुझ आयोग ऐनअन्तर्गत सर्वोच्च अदालतको पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरिदिनुस् भन्यौं,’ मुरारकाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?