 
																			१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालयले पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकालाई उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिने तयारी गरिएको जनाएको छ ।
पानीजहाज निर्माण क्षेत्रमा परीक्षा दिएकालाई उत्पादनमुलक क्षेत्रमा आवेदन दिन नपाउने निर्णय पछि युवाहरु आन्दोलित भएका थिए । उत्पादनमुलक क्षेत्रमा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै भएको विरोधमा शुक्रबार दुई युवाको ज्यान गएको छ ।
दुई युवकको मृत्युपछि इपिएस कार्यालयले निकालेको विज्ञप्तिमा यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरुलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्नेगरी वार्ता एवं तयारी भईरहेको जानकारी गराइएको छ । आन्दोलन पक्षलाई आन्दोलन, धर्ना जस्ता क्रियाकलापहरु नगर्न कार्यालयले अनुरोध गरेको छ ।
धर्ना, जुलुस जस्ता कार्यहरु गरिरहेकोले यसमा कोरिया सरकारको सम्बद्ध निकाय एचआरडी कोरियासँग छलफल भइरहेको इपिएस कार्यालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4