+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

१९ आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १७:३२
रामेछापको मन्थली विमानस्थल/फाइल तस्वीर

१५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।

मेसिन जडान गर्न आवश्यक सामग्रीहरु खरिद गर्ने काम भइसकेको भन्दै उनले आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन जडान गर्न लागिएको छ । यसले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।

भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?