+
+

१५ दिनभित्र रोयल्टी फरफारक गर्न जलविद्युत् आयोजनाहरूलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १३:३७

२० पुस, काठमाडौं । सरकारले जलविद्युत् आयोजनाहरुलाई बक्यौता रोयल्टी फरफारक गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

विद्युत् विकास विभागले बुधबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको विद्युत् रोयल्टी फरफारक गर्न १५ दिनको समयावधि दिइएको हो ।

यो नियम १ मेगावाट भन्दामाथि जडित सबै क्षमताका जलविद्युत् आयोजनाको हकमा लागु हुन्छ ।

विद्युत् ऐन २०४९ तथा विद्युत नियमावली २०५० अनुसार विद्युत् उत्पादनको अनुमति पाएका संस्थाले रोयल्टी बुझाउनु पर्छ ।

यस्तो रोयल्टी अहिले तीन वटै तहका सरकारमा बाँडफाँट समेत हुने गरेको छ ।

विभागले गत आवसम्म जडित क्षमता तथा ऊर्जा बिक्री वापतको रकम फरफारक गर्न भनेको हो ।

त्यसो नगरे नेपाल विद्युत् प्राधिकरणबाट आयोजनाको विद्युत ऊर्जा बिक्रीबाट हुने भुक्तानीबाट कट्टा गरी बक्यौता असुल गरिने समेत विभागले सूचित गरेको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?