 
																			४ माघ, धनगढी । भूमि सुधार तथा मालपोत कार्यालय, धनगढीमा सोलार बत्ती जडान गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालयमा विद्युत अवरुद्ध भएको बेला सेवा प्रभावित हुने कुरालाई ध्यानमा राखेर सोलार बत्ती जडा गरेर सहयोग गरिएको जनाएको छ ।
उपमहानगरपालिकाले ९ लाख ९८ हजार रुपैयाँ लागतमा खरिद गरेर मालपोत कार्यालयमा जडान गरेको सोलार बत्तीको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. हेमराज पन्तले बिहीबार उद्घाटन गरेका छन् ।
सोलार बत्ती उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गोपाल हमालले विद्युत अभावका कारण मालपोत कार्यालयबाट सेवाग्राहीले काम नभएको गुनासो गर्ने गरेकाले समस्या नदोहोरियोस् भन्ने उद्देश्यले सोलार बत्ति खरिद गरेर सहयोग गरिएको बताए ।
हमालले उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार जडान गरेर उपमहानगरपालिकाले सहजीकरण गरिदिएको बताएका छन् । सोलार बत्ती जडान भएपछि विद्युत सेवा अवरुद्ध भएको समयमा मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य हुने विश्वा गरिएको छ ।
मालपोत कार्यालयमा विद्युत अवरुद्ध भएका बेला धनगढीसहितका विभिन्न स्थानीय तहबाट आउने सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4