+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालाजुमा बनाइयो वार्षिक तीन करोड लिटर पानी रिचार्ज हुने प्रणाली

रासस रासस
२०८० माघ ६ गते १५:३३

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ ।

सो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । कामपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

उनका अनुसार ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको वैशाखमा निर्माण कार्य सुरु गरिएको थियो । उक्त प्रणालीको लागत ४३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

‘सहरमा पानीको अभाव छ, बर्खाको पानी बगेर खेर जान्छ, हिउँदमा पानीको अभाव हुन्छ, यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्द्धन गरिरहेका छौं’, उपप्रमुख डङ्गोलले भनिन्, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।

परम्परागतरुपमा काठमाडौंवासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए ।

राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गर्थ्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय वर्षा छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिकरुपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

यस अवस्थामा पानीको अभाव कम गराउन व्यक्ति-व्यक्तिको तहमा पुनःभरणका विषयमा चिन्तन आवश्यक देखिएको उपमेयर डंगोलले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?