+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा आयुर्वेद पसलमा सिलबारे छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १८:५०

१६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ ।

सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो । जसको सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदसय रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

समितिले यहि माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदन आएपछि त्यसलाई आधार मानि दोषी देखिएमा कानून अनुसारको कारवाही प्रशासनले जनाएको छ । तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसल अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले सोमबार सिल भएको हो ।

औषधि खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको छ । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको,एक्स-रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा, पनि प्रवाह गरेको पाइएको थियो ।

साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमन कर्ताले फेला पारेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम .राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।

आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको थियो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।

अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धान पश्चात के कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताए।जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो बढेको थियो ।

उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?