+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रनिङ शिल्ड दोहोरीमा मध्य कोटेश्वर-बानेश्वर समिति पहिलो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १२:२२

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा धादिङको चरौंदीमा सातौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ४८ समूहले सहभागिता जनाएका थिए । प्रतिस्पर्धामा मध्य कोटेश्वर-बानेश्वर समितिका दिलीप थापा मगर र बीमा अनुरागी पहिलो भए । दक्षिण कोरिया शाखाका टेकराज भण्डारी र तारा थापा दोस्रो, जापान शाखाका निशान विश्वकर्मा र सपना रोका तेस्रो, अनामनगर समितिका विजय बानियाँ र सविता परियार सान्त्वना भए ।

जुम्लाकी गीता सेजुवाल उत्कृष्ट नवगायिका, पाल्पाका रबिन नेपाली उत्कृष्ट नवगायक, बसपार्क समिति रातोकी जमुना विक प्रतिभावान गायिका, बसपार्क समितिका रत्न श्रेष्ठ उत्कृष्ट भेषभूषा, बागमती प्रदेशकी आशा केसी उत्कृष्ट भेषभूषा, लुम्बिनीकी लक्ष्मी बस्नेत उत्कृष्ट सिर्जनशील गायिका, उपत्यका समन्वय समितिकी शर्मिला श्रेष्ठ अनुशासित गायिका, काठमाडौंका अनिल सुनार अनुशासित गायक, बाग्लुङका सुमन खड्का उत्कृष्ट गायक, सुन्धारा समितिकी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायिका छनोट भए ।

प्रथमलाई तीन लाख, द्वितीयलाई दुई लाख, तृतीयलाई एक लाख र सान्त्वनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार थियो ।

समापन समारोह केन्द्रीय अध्यक्ष रीता थापा मगरको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?