+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सेनाले हेटौंडा कपडा उद्योग चलाए व्‍यापार घाटा कम गर्न योगदान पुग्छ : रक्षामन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:५६

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषबाट लगानी गरेर हेटौंडा उद्योग सञ्चालन गर्ने सन्दर्भमा अध्ययन र छलफल भइराखेको बताएका छन् ।

राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सैनिक कल्याणकारी कोषबाट लगानी गरी हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सन्दर्भमा अध्ययन, छलफल अगाडि बढिरहेको भएता पनि यस विषयमा नेपाल सरकार कुनै ठोस निर्णयमा पुगिनसकेको व्‍यहोरा जानकारी गराउन चाहन्छु ।’

सुरक्षा निकायका लागि पोशाक र बन्दोबस्तीको सामानमा आत्मनिर्भर बन्न सके व्‍यापार घाटा कम गर्न योगदान पुग्ने विश्वासमा भने नेपाल सरकार रहेको उनले बताए ।

उनले भने, ‘नेपाली सेना लगायत सुरक्षा निकायका लागि आवश्यक पर्ने पोशाक लगायत बन्दोबस्तीको सामान ठूलो परिमाणमा आयात गरिरहनु परेको वर्तमान समयमा पोशाक लगायत बन्दोबस्त सामानमा नेपाली सेनालाई आत्मनिर्भर बनाउन सकिएमा बढ्दो व्‍यापार घाटा कम गर्न समेत योगदान पुग्ने देखिन्छ ।’

सरकारको नीति आत्मनिर्भर हुनेतिर रहेको पनि उनले बताए । उपप्रधानमन्त्री खड्काले भने, ‘नेपाली सेनाको लागि आवश्यक बिस्फोटक पदार्थ, गोलीगठ्ठा, लत्ताकपडा लगायतका सामाग्री उत्पादन गर्ने कारखानाको क्षमता अविबृद्धि गर्ने, त्यस्ता सामाग्रीमा क्रमश आत्मनिर्भर बनाउँदै लैजाने नेपाल सरकारको नीति रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?