 
																			१८ फागुन, काठमाडौं । सरकारले सैनिक ऐन २०६३ संशोधन गर्न लागेको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको छ । संघीय संसदको चालु अधिवेशनमै संसदमा पेश गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।
‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठमकमा बोल्दै उनले भने, ‘सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ संशोधन मस्यौदालाइ अन्तिम दिएर र यथाशक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिरहेको बेहोरा जानकारी गराउन चाहन्छु ।’
यसका साथै सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा समेत क्रियाशिल रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4