+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु, ११ देशका ३५० कलाकार सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २३:१५

काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको १२ औं संस्करण शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्दन र प्रवद्र्धन गर्ने उद्देश्यले एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेला आयोजना गरेको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित मेलाको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदले गरे । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारासहित यो मेला देशका विभिन्न थलोमा आयोजना हुनेछ ।

जसअनुसार फागुन २१ गते दाङको घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, फागुन २६ गते काठमाडौंको मनमैजुमा मेला आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले जनाए ।

मेलामा ११ मुलुकका ३५० भन्दा बढी कलाकार सहभागि हुनेछन् । उद्घाटन समारोहमा कलाकारले आफ्नो मुलुकको संस्कृति झल्काउने नृत्य, भेषभुषा प्रस्तुत गरे । कार्यक्रम संचालन दिनेश डीसीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?