 
																			२१ फागुन, काठमाडौं । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित मध्ये जग्गा सट्टाभर्ना पाउन बाँकी ७५ परिवारबारे अध्ययन गर्न आयोग गठन गरेको छ ।
नेपाल सरकारले २४ चैत २०७८ मा विस्थापितका समस्या समाधान गर्न आयोग गठन भएको थियो ।
सो आयोगको प्रतिवेदनको प्रमाण खण्डमा उल्लेखित ७५ परिवारलाई जग्गा उपलब्ध गराउने सहितका विषयमा ३ महिनाभित्र काम सम्पन्न गर्ने गरी रकम चेम्जोङको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
सोमबार राजपत्रमा सूचना प्रकाशित गरी यस्तो सूचित गरिएको हो । मोरङको केचनामा जग्गा वितरण गरी बाँकी रहेको जग्गाको अतिक्रमिक क्षेत्र खाली गराई विस्थापित नागरिकलाई जग्गा दिने तयारी छ । यसका लागि समेत आयोगले पहल गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4