+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

च्याट जिपिटीमा नयाँ फिचर : अब बोलेरै प्रश्न सोध्न सकिने, ५ आवाजमा उत्तर दिने

एजेन्सी एजेन्सी
२०८० फागुन २४ गते १०:४५

यदि तपाईंले ओपन एआईको च्याट जिपिटी प्रयोग गर्नुहुन्छ भन्ने खुसीको खबर छ । अब च्याट जिपिटीले पाँचवटा फरक-फरक आवाजमा तपाईंको प्रश्नको जवाफ दिनेछ ।

यो सुविधा हालसम्म च्याट जिपिटीमा थिएन । ओपन एआईले अन्ततः यो नयाँ फिचरको घोषणा गरेको हो । यो फिचर वेब तथा मोबाइल दुवै भर्सनमा उपलब्ध हुनेछ। साथै यो फिचर आईओएस डिभाइसमा पनि चल्नेछ।

च्याट जिपिटीको यो फिचर त्यस्ता व्यक्तिहरुका लागि उपहारभन्दा कम हुनेछैन जसले एआई टूलसँग बोलेर आफ्नो प्रश्न सोध्छन्, अर्थात् जो लेख्न सक्दैनन् ।

नयाँ अपडेटसँगै च्याट जिपिटीले कुनै पनि प्रश्नको जवाफ ३७ भाषामा पढेर बताउने सुविधा दिनेछ । साथै च्याट जिपिटीबाट हरेक प्रश्नको जवाफ आवाजमै प्राप्त गर्ने सुविधा पनि प्रयोगकर्तालाई प्राप्त हुनेछ ।

नयाँ फिचरको प्रयोग जिपिटी ३.५ पनि रहेको छ, अर्थात् च्याट जिपिटीका नि:शुल्क प्रयोगकर्ताले पनि यो प्रयोग गर्न सक्नेछन् ।

च्याट जिपिटीको Read Aloud  नामक यो फिचर कसरी प्रयोग गर्ने ?

· यदि तपाईंले च्याट जिपिटीको एप प्रयोग गर्नुहुन्छ भने सुरुमा आफ्नो च्याट जिपिटी एप अपडेट गर्नुहोस्
· इदि ब्राउजर प्रयोग गर्नुहुन्छ भने च्याट जिपिटी ब्राउजर खोल्नुहोस्
· त्यसपछि आफ्नो भाषा चयन गर्नुहोस्
· त्यसपछि प्रतिक्रियावाला बटनमा केहीबेर थिच्नुहोस् र Read Aloud  अप्सनमा क्लिक गर्नुहोस्
· रिड अलाउड फिचर सक्रिय भएको बेला प्लेब्याकलाई बजाउन, रोक्न वा छिटो अगाडि सार्न अनि पछाडि पुनः फर्काउन पनि सकिन्छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?