
४ फागुन, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा आगलागी भएको छ ।
विराटनगरबाट नजिकै रहेको टोलमा आइतबार दिउँसो आगलागी भएको हो । आगलागीबाट २७ घरटहरा जलेकाे प्रहरीले बताएको छ ।
जयनगरस्थित मुस्लिम टोलमा दिउँसो ३ बजेबाट आगो सुरु भएको थियो ।
विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको बर्जु -४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए ।
टासिएर बनेका फुस्का घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको उनको भनाइ छ ।
आगलागीबाट ४५ लाख ५० हजार बराबरको क्षति भएको सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
पीडितलाई राहत वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4