
७ चैत, काठमाडौं । मूर्तिकार हरि खड्काको हत्या आरोपी ४ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ पिङडाँडाका २३ वर्षीय बुद्ध बोम्जनलाई पक्राउ गरेको हो ।
२८ साउन २०७६ मा उदयपुरको कटारी नगरपालिका–२ गराँस घर भएका मूर्तिकार खड्काको ललितपुरको बालकुमारीमा हत्या भएको थियो ।
३३ वर्षीय खड्काको हत्या गरी फरार रहेको आरोप लागेका बोम्जनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4