 
																			३० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए ।
सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद बैटक अवरुद्ध गरेको थियो ।
अर्को बैठक २ वैशाखलाई राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4