+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शिवम् सिमेन्टको १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १३:१०

काठमाडौं । शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेच्न सफल भएको छ । यो बिक्री नेपाली सिमेन्ट जगतकै एतिहासिक भएको कम्पनीले दाबी गरेको छ ।

आफ्नै खानीको चुनढुंगाबाट उत्पादित उच्च गुणस्तरीय ओपीसी सिमेन्टले ग्राहकको विश्वास र भरोसा जित्न सफल भएको कम्पनीले बताएको छ ।

कम्पनीले सर्वसाधारणका लागि सेयर समेत जारी गरिसकेको छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको मकवानपुरको हेटौंडामा स्थापित उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३ हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?