+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अब सेयरको भित्री कारोबार र जालसाजीमा प्रहरीले अनुसन्धान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १८:३६

३ वैशाख, काठमाडौं । धितोपत्र बजारमा भित्री कारोबार, जालसाजी, झुटो वा कृत्रिम कारोबार भएमा अब प्रहरीले नै अनुसन्धान गर्ने भएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ ।

संशोधित ऐनअनुसार अब सेयरको भित्री कारोबार, जालसाजी, कृत्रिम वा झुटो कारोबार गरी मूल्य उतारचढाव वा स्थिर गराएमा, मिलेमतोमा कारोबार गर्ने गराउने गरेमा, झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा वा कसैलाई झुक्यानमा पारेमा त्यस्ता उजुरीको अनुसन्धान प्रहरीले गर्ने भएको हो ।

यी कसुरका उजुरीहरु अनुसन्धान गर्ने निकाय वा धितोपत्र बोर्डमा परेमा बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत त्यस्ता उजुरीको प्रारम्भिक जाँचबुझ गराउने र कसुर गरेको देखिएमा प्रहरीमार्फत अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था गरिएको छ ।

बोर्डमा उजुरीको प्रारम्भिक जाँचबुझपछि अनुसन्धान गर्न, उजुरी, संकलित विवरण तथा प्रमाणसहितको मिसिल कागजात ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ ।

मिसिल कागजात पठाउँदा बोर्डको तर्फबाट अनुसन्धानमा समन्वय तथा सहयोग गर्न बोर्डको कुनै अधिकृतको नाम समेत खुलाई पठाउन सकिने व्यवस्था गरिएको छ ।

प्रहरीले बोर्डसँग सहकार्यमा अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने र सरकारी वकिलले मुद्दा चल्ने, नचल्ने निर्णय गरी मुद्दा चल्ने भएमा सम्बन्धित जिल्ला अदालतमा दायर गर्ने व्यवस्था गरिएको छ ।

यसअघि यस्ता कसुरसम्बन्धी जानकारी बोर्डमा परेमा र बोर्ड विश्वस्त भएमा त्यस्ता कसुर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले अधिकारी तोक्ने र ती अधिकारीले तहकिकात गरी काम पूरा भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?