
काठमाडौं । चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैंडा हिंडेको फोटो र भिडियो त हामीले देखेकै हो । यो दृश्यमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार पनि बनाए ।
गैंडा हिँडेको चितवनको सो दृश्य अब यतिमै मात्र सीमित रहेन । नेटफिल्क्सले यसमाथि डकुमेन्ट्री ‘आवर लिभिङ वर्ल्ड’ नै बनाएको छ । केही समयअघि नेटफ्लिक्सको टोलीले सौराहा पुगेर गैंडा हिंडेको दृश्य, वरपरको आसपासको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेको छ ।
यो डकुमेन्ट्रीको भ्वाइस-एक्टरमा अस्कर अवार्ड विजेता हलिउड अभिनेतृ केट ब्लान्चेट छिन् । उनको न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ । द गार्जियनले यो शोमाथि समीक्षा गर्दै केट ब्यालेन्चटको प्रकृतिबारेको शो आशाको दुर्लभ किरण भएको उल्लेख गरेको छ ।
यो डकुमेन्ट्री सिरिज अहिले नेटफ्लिक्समा रिलिज भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4