+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस सधैं पहिचानको पक्षमा छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १७:५५

११ वैशाख, इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सधैं पहिचान र प्रतिनिधित्वको पक्षमा रहेको बताएका छन् ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताएका हुन् ।

नेता कोइरालाले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे । उनले पहिचान चाहनेहरूले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो । मैले उहाँहरूलाई पहिचानको मुद्दामा संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ,’ उनले भने, ‘अर्को कुरा पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’

सम्बोधनको क्रममा कोइरालाले अन्य दलहरू आफ्नो दल र नेताभन्दा माथि उठ्न नसकेको र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चिया बगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र हकहितका पक्षमा कांग्रेसले काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?