+
+

बझाङमा एमाले उम्मेदवार ७ सय मतले अगाडि, दोस्रोमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १९:४१

१६ वैशाख, काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले लगातार अग्रता बढाउँदै लगेका छन् ।

६२२९ सदर मतमध्ये भण्डारीले २२२९ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १५०४ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १४८२ मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९०३ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?