
२३ वैशाख, काठमाडौं । गत असार मसान्तमा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि पाँचथर पावर कम्पनी चालु आवको तेस्रो त्रैमासमा १२ करोड ५ लाख नोक्सानीमा गएको छ । चालु आवमा कम्पनीको विद्युत् बिक्री आम्दानी शून्य छ ।
हाल आयोजनाको मर्मत सम्भार चलिरहेको र आउने असार मसान्तसम्म आयोजनाको काम सकिने कम्पनीले दाबी गरेको छ । तेस्रो त्रैमासमा कम्पनीको अन्य आम्दानी भने ८ करोड रुपैयाँ छ । तर वित्तीय खर्च ११ करोड र अन्य संचालन खर्च १ करोड ३५ लाख रुपैयाँ छ, जसले गर्दा नोक्सानी देखिएको हो । कम्पनीको प्रतिसेयर आम्दानी १३ पैसा ऋणात्मक छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ ९० पैसा ऋणात्मक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4