+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिधाकुराको अडियोमाथि साइबर ब्यूरोको अनुसन्धान सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १६:४१

२४ वैशाख, काठमाडौं । सिधाकुरा डटकमले प्रकाशन गरेको अडियोमाथि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान सुरू गरेको छ ।

सिधाकुरा अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको अडियोमाथि अनुसन्धान गर्नू भन्ने सर्वोच्चले आदेश दिएपछि साइबर ब्यूरोले छानबिन अघि बढाएको हो ।

गृह मन्त्रालयमार्फत प्रहरी महानिरीक्षकलाई अडियोबारे छानबिन गर्न भन्दै निर्देशन भएको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कँवरले सीआईबीलाई उक्त अडियोबारे छानबिन गर्न भन्दै पत्र पठाएका थिए ।

सीआईबीले साइबर ब्यूरोलाई पत्राचार गर्दै अडियोबारे अनुसन्धान गरेर रिपोर्ट पठाउने निर्देशन दिएको छ । सीआईबीको निर्देशनसँगै साइबर ब्यूरोले अडियोबारे अनुसन्धान अघि बढाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २४ घण्टाभित्र अडियो हटाउन आदेश दिंदै छानबिन गर्नसमेत आदेश दिएको थियो ।

‘सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू’ आदेशमा भनिएको छ, ‘सोको प्रतिवेदन सहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नू भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’

सिधाकुराले संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी गरिएको सामग्री प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?