+
+
WC Series
पोखरा एभेन्जर्स 2025
143/6 (18.4)
VS
८ बलमा २३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भगवान कोइरालाको बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १९:३०

२८ वैशाख, काठमाडौं । डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड बराबरको सहयोग प्राप्त भएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताल निर्माण गर्न सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनाउन लागेका छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले सहयोगको घोषणा गरेका हुन् ।

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् ।

कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

४१ करोड रुपैयाँ बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए ।

‘नेपालको स्वास्थ्य क्षेत्रमा बालबालिकालाई हेर्ने अस्पताल एकदमै कम छन्, घर परिवारमा बच्चा भनेको सबैको भविष्य हुन्,’ भाटभाटेनीका संस्थापक गुरुङले भने, ‘उनीहरूको स्वास्थ्यका लागि सुविधा सम्पन्न अस्पताल बनाउनु पर्छ भनेर यो सहयोग गरेका हौं ।’

करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ ।

बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित २० शय्या रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयू लगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहने भाटभटेनीले जनाएको छ ।

डा. कोइरालाले अहिलेसम्म जुटेको रकम पारदर्शी रूपमा खर्च भइरहेको उल्लेख गर्दै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यसमा मात्रै खर्च हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?