+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशी प्रदेशको नीति तथा कार्यक्रम भोलि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १८:०१

२० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले भोलि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने भएको छ ।

आइतबार अपरान्ह ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा पेश गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय जानकारी दिए ।स्वीकृत नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्नेछन् ।

प्रदेशसभाको चालु अधिवेशनको बैठकलाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री अधिकारीले बताए । त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

अधिकारीका अनुसार महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ लाई प्रदेशसभामा पेस गर्ने स्वीकृति मन्त्रिपरिषद् बैठकले प्रदान गरेको छ ।

त्यस्तै, युवा तथा खेलकुदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको छ ।

खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि सहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने निर्णय २०८० फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?