+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१११ बलमा १३४ रन आवश्यक
विराटनगर किंग्स 2025
14/0 (1.3)
Shares

हावाहुरीले रोकिएको उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:२०

२२ जेठ, काठमाडौं । हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।

हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो । ‘अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छन्’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ।

अर्यालका अनुसार केहीबेर ठूलो मात्रामा वर्षा भइसकेपछि काठमाडौं उपत्यकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । ‘विकसित प्रणाली अहिले उत्तरपूर्वी भागतिर सरिसकेकाले अवस्था नर्मल नै छ’, उनले भने ।

यद्यपि, मेघ गर्जनसहित हावाहुरी गराउने प्रणाली उत्तरपूर्वी भूभागतिर सर्ने क्रममा हुँदा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । नवलपरासीमा हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– १२ का ६९ वर्षीय चित्रबहादुर थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?