+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानाध्यापकसँग विराटनगर महानगरले गर्‍यो ४२ बुँदे करार सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:०८

२९ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि सर्तसहित महानगरपालिकाले प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको हो ।

प्रधानाध्यापकले स्कुलमा विषय शिक्षकसँग एक वर्षे करार सम्झौता गर्नेछन् ।

महानगर र प्रधानाध्यापकबीच भएको करार सम्झौता ४२ बुँदे छ ।

सम्झौतामा कक्षा ५, ८ र १० को औसत जीपीए ३ भन्दा माथि बनाउने, सबै कक्षामा विषयको पाठ्यक्रम बनाउने, शिक्षक निर्देशिका बनाउने, कक्षामा शिक्षकका लागि लकबुक प्रयोग गर्ने, महानगरको शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गर्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने, एक वर्षमा दुईपटक अभिभावक भेला गर्ने, खेल्दै सिक्दै कार्यक्रम लागुगर्नेलगायत सर्त छन् ।

विराटनगरमा ५६ वटा सामुदायिक विद्यालयहरू छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले करार सम्झौतापछि महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने बताए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि भएको सम्झौता कार्यान्वयन गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?