+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रासायनिक मलको बजेट अपर्याप्त छ : जनमत सांसद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १५:०३

२९ जेठ, काठमाडौं । जनमत पार्टी सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् ।

संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने बताएका हुन् ।

उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने बताए ।

किसान कार्ड खोइ ?

किसानहरू पेसा छाडेर हतोत्साहित भइरहेको भन्दै सांसद खानले किसानको मनोबल बढाउने खालको बजेट आवश्यक रहेको बताएका थिए । उनले बजेटमा किसान कार्ड किन आएन भन्दै प्रश्न गरे ।

‘कृषिमा जति राम्रो बजेट ल्याए पनि किसान कार्ड कार्यान्वयन नभएसम्म अर्थ हुँदैन, तर बजेटमा त्यस्तो केही देखिएन, त्यो ल्याउनुपर्थ्यो,’ उनले भने, ‘बजेट समयमै कार्यान्वयन नभए, जति राम्रो बजेट भए पनि अर्थ हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?