+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सिंहदरबार अब सबैका लागि खुला छ : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:२८

३२ जेठ, काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् ।

सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले बताए ।

मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले भने,‘ सिंहदरवार छिर्न अब कसैलाई चिन्नुपर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।’

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रवेश गर्न इच्छुकका लागि मन्त्रालयले नयाँ प्रणालीको विकास गरेको छ । नयाँ प्रणाली परीक्षणका क्रममा रहेकाले केही समय भने दुख पहिलेकै जस्तै अवस्था झेल्नुपर्ने हुनसक्ने गृहमन्त्री लामिछानेले बताए । प्रवेश पासको नयाँ व्यवस्थाले पुरानो प्रणाली भने तत्काल नहट्ने गृहमन्त्री लामिछानको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?