+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गायिका स्वरुपाले ल्याइन् मनमा तिम्रो बोलको गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १३:००

काठमाडौँ । मनमा तिम्रो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीतमा स्वरुपाले प्रेममा विश्वाघात गर्नेहरुसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान लिएर अघि बढेको दृश्यलाई देखाइएको छ ।

आफूले धेरै चाहाना राख्दा राख्दै पनि निष्ठुरीले धोका दिएको भन्दै आफ्नो बाटो लागेको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा देखाइएको छ । गायिका स्वरुपाकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजन इशानको एरेन्ज रहेको छ ।

मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहासिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई नजिकबाट देखाइएको भिडियोको छायांकन सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो जसमा गायिका स्वयमसँग ह्याण्डसम मोडल विकाश लामिछानेले गज्जबको अभिनय गरेका छन् ।

भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् । सुब्रत आचार्यको कन्सेप्ट तथा निर्देशनमा तयार भएको भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायिका स्वरुपा बताउँछिन् । उनी भन्छिन्, ‘आफूले मनमा सजाएको मान्छे बिना पनि जीवन एक संभावना हो भन्ने कुरलाई भिडियोमा देखाउन खोजिएको हो।’

ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जसको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?