+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय खेलकुदलाई बजेट दिंदा अरूमा कटौती भयो : खेलकुदमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १९:१७

९ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औं राष्ट्रिय खेलकुदलाई पर्याप्त बजेट दिंदा अन्य ठाउँमा अपुग भएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिंदै आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने, ‘१०औं राष्ट्रिय खेलकुदलाई ६० करोड बजेट विनियोजन गर्नुपर्दा खेलकुदका अन्य क्षेत्रमा चाहेजति बजेट दिन सकिएन ।’

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि किन कम बजेट भन्ने सांसदको प्रश्नमा पनि मन्त्री श्रेष्ठले सोही जवाफ दोहोर्‍याए । उनले भने, ‘सो रकमसमेत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि दिनुपर्ने अवस्था आयो ।’

यसअघि नवौं राष्ट्रिय खेलकुदमा पनि ६० करोड बजेट विनियोजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?