 
																						पुरुषहरू रुँदैनन् भन्ने भनाइ धेरैका लागि पुरानो भैसक्यो । तर, राजनीतिक नेताहरूको हकमा चाहिं के भन्ने ? नेताहरू रुँदा आम मानिसहरूले कस्तो महसुस गर्दछन् ?
गत बुधबार वेल्सका सरकार प्रमुख (फर्स्ट मिनिस्टर ) वागन गेथिंग्स आफूविरुद्धको अविश्वास प्रस्तावअघि संसदमा रोएका थिए । गेथिंग्सविरुद्धको अविश्वास प्रस्ताव पारित भएको थियो ।
यसरी बेलायती पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलदेखि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालगायत विश्वका धेरै नेताहरूको समूहमा गेथिंग पनि सामेल भए जसले सार्वजनिक ठाउँमा आँसु बगाए ।
यसरी सार्वजनिक ठाउँमा रुने राजनीतिक नेताहरु धेरै मानवीय वा प्रामाणिक मानिन्छन् या यसलाई उनीहरूको कमजोरीको एक संकेतका रुपमा हेरिन्छ ?
बेलायतको प्रधानमन्त्री कार्यालयका पूर्वसञ्चार निर्देशक समेत रहिसकेका र पूर्वप्रधानमन्त्री बोरिस जोन्सनसँग काम गरेका ग्यूटो हेरीका अनुसार आम मानिसहरू आफ्नो भावनासँग नेताहरू पनि जोडिउन र भावनात्मक रुपमा सजग रहुन् भन्ने चाहन्छन् ।
मानिसहरू नेतालाई कमजोर देख्न चाहँदैनन्
तर कटु सत्य के हो भने जनताहरुले नेतालाई कमजोर देख्न चाहँदैनन् । तपाईंमा जत्तिपनि करुणा किन नहोस् यदि तपाईंलाई कसैले आफ्नो च्याम्बरमा रोइरहेको अवस्थामा कसैले देख्यो भने मानिन्छ कि तपाईं कमजोर मानिस हो ।
हेरीका अनुसार कुनै पनि राजनीतिक नेताका लागि वास्तविक तथा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ऊभित्र कति सत्यता छ भन्ने हो ।
उनी भन्छन्- जो मानिस स्वभाविक रुपबाट आकर्षक छैनन्, उनीहरुलाई यदि मुस्कुराउनका लागि भनियो भने अजीव लाग्नसक्छ । जस्तो गोर्डन ब्राउन तथा टेरेसा मे जस्ता मानिसहरु एक हदसम्म यस्तै लाग्न सक्छन् ।
उनी अगाडि भन्छन्- यसको एउटा राम्रो उदाहरण यो हो कि जब एड मिलिब्याण्डले एउटा बेकन स्याण्डविच खाने कोसिस गरिरहेका थिए अनि विलियम हेग बच्चाहरुसँग बेसबलको क्याप उठाउने प्रयास गरिरहेका थिए । यी यस्ता राजनीतिक नेताहरुमा पर्दछन् जसले आफ्नो वास्तविकता भन्दा फरक देखिने कोसिस गर्दाको नतिजा भोगिरहे।
नेताहरूको भावनाको मजाक उडाउनु हुँदैन
राजनीतिको बाहिर तथा राजनीति भित्रै पनि कैयन् यस्ता नेताहरू छन् जसलाई मानिसहरुले क्यामरामा रोएको देखेका छन् । सार्वजनिक ठाउँमा रुने कामका लागि चर्चित एक नेता हुन् विन्स्टन चर्चिल ।
बेलायती महारानीले पनि सन् १९९७ मा आँसु पुछिरहेको देखियो जब उनको याचलाई सेवाबाट हटाइयो । त्यस्तै सन् २०१९ मा स्मृति आइतबार सेवाका क्रममा सेनोटेफमा पनि उनी रोएको देखिएको थियो ।
सन् २०१३ मा मार्गरेट थ्याचरको अन्त्येष्टिका क्रममा चान्सलर जर्ज ओसबोर्नको आँखामा पनि आँसु देखिएको थियो । आफ्नो कार्यकालका क्रममा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा धेरै पटक सार्वजनिक स्थानमै रोएको देखिएको थियो ।
सन् २०१२ मा स्याण्डी हुक नरसंहार तथा सन् २०१५ मा एरेथा फ्रांकलिनको प्रस्तुतिका क्रममा पनि उनी रोएको देखिएको थियो ।
सन् २०१९ मा प्रधानमन्त्री पद छाडेको घोषणा गर्दै गर्दा पनि टेरेसा मे रोएकी थिइन् ।
गेथिंग जस प्रकारले रोइरहेका थिए र वेल्स सरकारका प्रमुख सचेतक जेन हटले जुन प्रकारले उनलाई शान्त गराइरहेका थिए त्यो सोसल मिडियामा भाइरल बन्यो । गेथिंगले टिश्यु पेपरले आँसु पुछिरहेको देखिएको थियो ।
तर, मानिसहरूले यसलाई गोहीको आँसु भने किनकि उनले क्यामराको अगाडि आँसु बगाएको देखियो । उनले आफैंलाई लज्जित बनाएको भन्दै उनीमाथि लैंगिक टिप्पणी पनि भए । उनी सानो बच्चाजस्तै रोएको भनेर आलोचना गरियो ।
तर हेरीका अनुसार ती वास्तविक आँसु थिए । यस्तो अवस्थामा जुन भावनात्मक चोट पुग्दछ त्यसलाई कम आँक्नु नहुने उनको भनाइ छ।
उनी भन्छन् – मैले बोरिसको बहिर्गमनलाई निकै नजिकबाट देखें । यो मेरो निजी अनुभव हो । यो निकै क्रूर थियो । मैले उनको हतास तथा निरास समय पनि देखें । तर, यो सबै आमरुपमा बन्द कोठाभित्र नै घटित भयो।
के पुरुषले रुनु कमजोरी हो ?

वास्तवमा सार्वजनिक स्थानमा रुनु भनेको सधै जोखिमपूर्ण हुन्छ किनकि मानिसहरूलाई लाग्छ कि तपाईंका आँसु नक्कली हुन् र तपाईंले मानिसहरूको सहानुभूति हासिल गर्ने कोसिस गरिरहनुभएको छ ।
हेरी भन्छन्-कहिलेकाही राजनीति तथा आम जीवनको कुनै पनि क्षेत्रमा तपाईंले हतास तथा बेचैनीले भरिएका कदम उठाउँछन् । जस्तो कि तपाईंले पार्टनरले धोका दिएको हुन्छ र मानिसहरुले तपाईंप्रति सहानुभूति देखाओस् भन्ने तपाईंको अपेक्षा हुन्छ। तर त्यो अपिल यस्तो शक्तिशाली हुँदैन कि मानिसहरूमाथि तपाईंको विश्वास होस् ।
वार्विक विश्वविद्यालयका इतिहास विभागका प्राध्यापक तथा ब्रिटिस एकेडेमीका फेलो बर्नार्ड क्यापका अनुसार अहिलेसम्मको इतिहासमा सार्वजनिक क्षेत्रमा रोदनका प्रति मानिसहरुका धारणाहरू धेरैपटक परिवर्तन भएका छन् ।
उनी भन्छन् – यो पेन्डुलम जस्तै हो । विभिन्न कालखण्डहरुमा जस्तो कि प्राचीन ग्रिस तथा रोम वा बेलायतमा मध्यकालमा पुरुषहरुले खुलेर आफ्ना भावनाहरू व्यक्त गर्दथे । त्यसमा रुनु पनि सामेल थियो । सार्वजनिक रुपमै रिस तथा आक्रोसको पनि अभिव्यक्ति हुन्थ्यो ।
तर अर्को कालखण्ड जस्तो पुनर्जागरण काल अर्थात् १८औं शताब्दी तथा २०औं शताब्दीको सुरुमा भावनाहरुमाथि नियन्त्रण राख्नुलाई सही मानिन्थ्यो।
आजको समयमा राजनीति र खेलकुद जस्ता क्षेत्रमा मानिसहरुले खुलेर आफ्ना भावनाहरू व्यक्त गर्दछन् ।
उनी भन्छन्- कुनै दिग्गज व्यवसायिक व्यक्तित्वका बारेमा चाहिं यो अकल्पनीय हुन्छ कि कुनै कम्पनीको बोर्डबाट हटाउँदा उनी रोउन् । तर, राजनीतिमा भने थ्याचर र टेरेसा मे दुवैजना पदबाट हट्दाखेरी रोएका थिए । यसैगरी विन्स्टन चर्चिल पनि हाउस अफ कमन्समा रोएका थिए । ब्लिट्जमा बमबारी भएको ठाउँको भ्रमण गर्दा पनि उनी रोएका थिए ।
आँसु लुकाउनु आवश्यक छैन
थ्याचर र मे दुबैजना पद छाड्दा आहत भएका थिए र रोएका थिए । जबकि डेभिड क्यामरुन भने राजीनामा दिने बेलामा गुनगुनाएका थिए । यसो गरेर उनले देखाउन चाहन्थे कि आफूमाथि उनले नियन्त्रण गर्न सक्दछन् ।
प्रश्न उठ्छ कि सार्वजनिक ठाउँमा रुँदा कस्तो देखिन्छ ?
उनी भन्छन्- वागन गेथिंगको घटना निकै धेरै आत्मदयाको मामिला हो । यो स्वीकार्य होइन । डी डे वेटरन्समा सहभागी धेरै मानिसका आँखामा आँसु देखिएको थियो । तर, उनी आफैं रोइरहेका थिएनन् । आफ्ना शहीद साथीहरूको सम्झना रोएका थिए ।
क्राइसिस पिएआर कन्सल्टेन्ट मार्क बोरकोभ्स्कीका अनुसार यदि उनले गेथिंगलाई सार्वजनिक ठाउँमा रोएको घटनापश्चात् कुनै सल्लाह दिनुपर्ने भएमा उनलाई भन्ने थिए कि आँसु लुकाउनु आवश्यक छैन । यसको लाभ लिनुहोस् । तर, यसमा धेरै निर्भर नहुनुस् । आफ्नो विश्वसनीयता बताउनका लागि अन्य तरिकाहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ।
पुरुष कमजोर हुन्छन् भन्ने कुरा मान्नुपर्छ
मार्क बोरकोभ्स्कीका अनुसार बेलायतका जनताहरू अब नेताहरुले जस्तै आफ्ना भावनाहरू व्यक्त गर्ने विषयमा धेरै खुल्ला छन्।
उनी भन्छन्-राजनीतिक नेताहरूबाट यस्तो अपेक्षा गरिन्छ कि उनीहरूले आफ्नो क्षमतालाई मानिसहरूको अगाडि देखाउँछन् र कमजोरी लुकाउँछन् । तर, हामी सबै मानिस हौं र कमजोर पनि हुन्छौं। हामीले गल्ती गर्दछौं र दुनियाँले यसलाई स्वीकार गर्दछ । कोही पनि पूर्ण छैन । तर, मानिसमा अझै पनि इमान्दारी त कायमै छ ।
र, अहिलेको मुख्य सवाल भनेको यी सबै कुरालाई पछि छाडेर कसरी अघि बढ्ने भन्ने हो । संकटमा सधैंभरी विभिन्न मौका उपलब्ध हुन्छन् ।
-बीबीसीबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4